+
+
Shares

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव अघि बढाउने तयारी गरेका छन्।
  • दुवै दलले सांसदहरुको हस्ताक्षर संकलन गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरुलाई बोलाएका छन्।
  • उपसभामुख रानामाथि अमेरिका लैजाने भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको आरोप छ।

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् ।

कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरू आउन थालेका छन् ।

त्यस्तै एमाले पनि सांसदहरूलाई बोलाएको छ । एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ । एमाले प्रमुख सचेतक महेश बर्ताैलाको कार्यकक्षमा हस्ताक्षर संकलन भइरहेको छ । एमाले सांसदहरू हस्ताक्षर गर्दै बर्ताैलाको कार्यकक्षबाट बाहिरिरहेका छन् । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।

महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?