
News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनका दलहरूसँग छलफल नभएको बताएको छ।
- कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारीका लागि हस्ताक्षर संकलन सुरु गरेका छन्।
- उपसभामुख हटाउन दुई तिहाइ बहुमत चाहिन्छ, तर साना दलसँग छलफल नभएकाले बहुमत पुर्याउन शंका छ।
३ भदौ, काठमाडौं । जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् ।
‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको छ’ उनी भन्छन्, ‘औपचारिक रुपमा आयो भने त्यसपछि कुरा गरौंला ।’
कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरेका छन् । यसका निम्ति हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।
उपसभामुखलाई हटाउन एक चौथाइ सदस्यले प्रस्ताव लैजान सक्छन् । पदबाट हटाउने निर्णयका लागि दुई तिहाइ बहुमत चाहिन्छ ।
कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ हुन्छ । सत्तापक्षकै रहेका साना दलसंग छलफल नभएकाले दुई तिहाइ पुर्याउने विषयमा शंका छ ।
जनमत पार्टी पनि सत्तापक्षमा छ । जनमत पार्टीको प्रतिनिधि सभामा ६ जना सांसद रहेका छन् ।
प्रतिक्रिया 4