+
+
Shares

अमेरिकामा रहेकी उपसभामुखसँग शेखरको फोनवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १७:१०

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् ।

उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् ।

यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । उनले केहीबेरअघि अमेरिकामा उपसभामुख राना मगरसँग कुराकानी गरेका थिए ।

अमेरिकामा रहेकी रानाले अनलाइनखबरसँग भनिन्, ‘उहाँ (डा. शेखर कोइराला) सँग फोनवार्ता भएको थियो । केहीबेर कुराकानी भयो । नेपालमा अहिले भइरहेको राजनीतिक परिस्थितिबारे जानकारी दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?