
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहानको खाजाले दिनभर ऊर्जा र मस्तिष्कको कार्यक्षमता बढाउँछ भने मेटाबोलिजम सक्रिय बनाउँछ।
- यो ब्रेकफास्टले भिटामिन, खनिज, फाइबर, प्रोटिन र प्रोबायोटिक्स प्रदान गरी पाचन प्रणाली र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
बिहानको खाजा (ब्रेकफास्ट) स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ । किनभने यसले दिनभरका लागि ऊर्जा प्रदान गर्छ, मस्तिष्कको कार्यक्षमता बढाउँछ । मेटाबोलिजम गतिलाई सक्रिय बनाउँछ ।
छिटो, मिठो र स्वस्थवर्द्धक ब्रेकफास्ट कसरी बनाउने भन्नेबारे पाँच तारे सोल्टी होटेलका एक्जिक्युटिभ सु–सेफ आरबी बुढाथोकीको रेसिपी यस्तो छ
सामग्री (१ व्यक्तिका लागि)
१. मौसमी फलफूल
२. सादा दही ४ चम्चा
३. चिया सिड वा एक रात भिजाएको बन सिलाम
४. डाईनट्स
५. सूर्यमुखीको बियाँ
६. समय : १० मिनेट
७. गहुँ, जौको चिउरा ७० प्रतिशत र टाइचिनको चिउरा ३० प्रतिशत
८. चिउरा छैन भने मुस्ली हाल्न सकिन्छ ।
बनाउने तरिका
-एक कचौरामा गहुँ र जौलाई एकरात भिजाएर ओखलमा धुलो नहुने गरी पिस्ने । त्यो सम्भव नभए टाइचिनको चिउरा वा मुस्ली राख्ने ।
– मौसमी फलफूल हाल्ने । त्यसमाथि दही हाल्दिने ।
– त्यसपछि वनसिलाम हाल्दिने ।
– बदाम, काजु र चिया सिड हालेर सजाउने ।
– अब तपाईंको नेपाली ब्रेकफास्ट तयार भयो ।
– यो पस्किदा माथि बाँकी ड्राई फ्रुट्स राखेर सजाउने ।
फाइदा
-मौसमी फलफूलले भिटामिन र खनिज पदार्थको आपूर्ति गर्छ ।
-ओट्समा फाइबर हुन्छ जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ । दहीले प्रोटिन र प्रोबायोटिक्स प्रदान गर्छ ।
-हेर्दा थोरै भए पनि शरीरलाई दिनभर उर्जावान बनाउन निकै मद्दत गर्छ ।
प्रतिक्रिया 4