
News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ।
- सडक भासिएपछि बुधबार बिहानैदेखि ठुला सावारी साधनहरु रोकिएका थिए भने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले सडक मर्मत भएर एकतर्फी सवारी सञ्चालनमा आएको जानकारी दिए।
४ भदौ, काभ्रेपलाञ्चोक । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि अवरुद्ध भएको मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सडक भासिएका कारण बुधबार बिहानैदेखि ठुला सावारी साधनहरू रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार सडक मर्मत भएर एकतर्फी सवारी सञ्चालनमा आएको जानकारी दिए ।
गतवर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीले कटान गर्दा सडक जालीसँगै सडक भासिएको थियो ।
रामेछापको अधिकांश गाउँलाई सदरमुकामसँग जोड्ने सडक अवरुद्ध हुँदा उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानीतर्फ गएका यात्रुहरू बीचमै रोकिनु परेको थियो ।
त्यस्तै दोलाखाको तामाकोशी गाउँपालिका-४ मालुखोला नजिकै ढुङ्गा झरेर अवरुद्ध भएको सडक समेत खुलेको छ ।
मंगलबार राति ९ बजे मालुखोला नजिकै चरिकोट मन्थली सडक खण्डमा माथिबाट ढुङ्गा झरी सडक पूर्ण रुपमा अवरोध भएकोमा सडक विभाग, स्थानीय र प्रहरीको सहयोगमा सडक सञ्चालनमा आएको दोलखा जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।
प्रतिक्रिया 4