
News Summary
Generated by OK AI. Editorially reviewed.- संगीतकार राजनराज शिवाकोटीले अस्ट्रेलियाको सेन्ट्रल कोस्ट र न्यूक्यासलमा तीजको अवसरमा बहुचर्चित गीतहरू प्रस्तुत गरे।
- सेन्ट्रल कोस्टमा तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश शर्माले बताए।
- शिवाकोटीले अगस्ट २३ मा एडिलेडमा हुने एनआरएनए नारी निकुन्ज साउथ अष्ट्रेलियाको तीज कार्यक्रममा पनि प्रस्तुति दिनेछन्।
काठमाडौं । नेपालबाट तीजको कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका संगीतकार तथा गायक राजनराज शिवाकोटीले सेन्ट्रलकोस्ट र न्यूक्यासलमा आफ्नो प्रस्तुति राखेका छन्
उनले आफ्ना बहुचर्चित सुर्केथैली खै, पूर्व-पस्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो कुटुमाकुटु, गोजीमा दाम छैन लगायत दर्जनौं गीत मार्फत दर्शकलाई मनोरञ्जन गराए ।
सेन्ट्रल कोस्टमा यो पटकको तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश शर्माले जानकारी दिए ।
नेपाली माटोमा उभिएर माटोकै सुगन्ध भेटिने गीतहरू भएका कारण सबै दर्शक स्रोताहरुले उनलाई मन पराएको शर्माले बताए।
सर्वाधिक चर्चा पाएका गीतहरू प्रत्यक्ष सुन्न र नाच्न आएका सहभागीहरू सँगसँगै नाच्दै र गाउँदै रमाइलो गरे।
शिवाकोटीले करिब दुई घण्टासम्म आफ्नो प्रस्तुति दिए ।
यसपछि २३ अगस्ट शनिबारको दिन एनआरएनए नारी निकुन्ज साउथ अष्ट्रेलियाको आयोजनामा एडिलेडमा हुने तीजको कार्यक्रममा शिवाकोटीले प्रस्तुति राख्दैछन् ।
प्रतिक्रिया 4