+
+
Shares

सर्वोच्चको आदेशबारे संघीय लोकतान्त्रिक मोर्चा : पूर्वाग्रही भए प्रतिकार गर्छौं

रूपन्देही-३मा उम्‍मेदवार छान्‍ने जिम्‍मा रेशमलाई

संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डबारे छानबिन गर्न दिएको आदेश सफा नियतका साथ आएको भए अनुसन्धानमा सघाउने तर एक पक्षीय रुपमा आए प्रतिकार गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डबारे छानबिनमा सफा नियत नभए प्रतिकार गर्ने निर्णय गरेको छ।
  • मोर्चाले गौर घटनाबारे एकपक्षीय र पूर्वाग्रहपूर्ण प्रचारलाई राजनीतिक प्रतिशोधको मानसिकता भएको बताएको छ।
  • रूपन्देही क्षेत्र-३ को उप निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई उम्मेदवार बनाइएको छ।

४ भदौ, काठमाडौं। संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डबारे छानबिन गर्न दिएको आदेश सफा नियतका साथ आएको भए अनुसन्धानमा सघाउने तर एक पक्षीय रुपमा आए प्रतिकार गर्ने निर्णय गरेको छ । बुधबार जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको मोर्चाको बैठकले यस्तो निर्ण गरेको हो ।

‘गौर घटनाबारे सर्वोच्च अदालतबाट भदौ २ गते भएको परमादेशबारे संघीय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको छ,’ बैठकपछि मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भएपनि यदि भनिए जस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबीन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन। तर,एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने सम्बन्धित सबैमा स्पष्ट गर्दछौं।’

मोर्चाले गौर घटनाबारे एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई एक पक्षीय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेको भन्‍दै आपत्तिप जनाएको छ । ‘जसरी एकपक्षिय र पूर्वाग्रहले प्रेरित भई एक पक्षीय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेका छन् त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसंग छर्लङ्ग भएको छ ।’ मोर्चाले विज्ञप्तिमार्फत निन्दा गरेको छ ।

यस्तै गौर घटनाबारे २०६३ सालमा गठित ललितपुर पुनरावेदन अदालतका न्या. हरिप्रसाद घिमिरेको नेतृत्वको छानबीन आयोग तथा सर्वोच्च अदालतका तत्कालिन न्या. खिलराज रेग्मीको नेतृत्वको छानबिन आयोगको रिपोर्ट सार्वजनिक गर्न समेत मोर्चाले माग गरेको छ ।

यस्तै ३ वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक प्रतिवेदनमा त्यस्तो दु:खद घटना के कस्तो अवस्थामा घटित हुन गएको, त्यस्तो अवस्थाको सृजना कसको गैरजिम्मेवारीपन र निहुँ खोज्ने नियोजित मानसिकताले भएको, हिंसात्मक प्रहारको सुरूवात कसले गरेको, शान्ति सुरक्षाको निमित्त जिम्मेवार जिल्ला र केन्द्रीय निकायको जानाजान हेलचक्राइ जस्ता तथ्यहरु स्पष्टसँग उल्लेखित छन् ।

यसैगरी मोर्चाले रूपन्देही क्षेत्र-३ को उप निर्वाचनका लागि उम्मेदवार छान्‍ने जिम्‍मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नै दिइएको छ । साथै उक्त निर्वाचन
प्रचार प्रसार तथा परिचालन का लागि मोर्चाले सचिवालयलाई विशेष जिम्मेवारी तोकेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?