+
+
Shares

विद्या भण्डारीको गुनासो- साथीहरू नेता भन्छन्, च्यासलले सदस्यतामै प्रश्न उठायो

‘म निरन्तर काम गरिरहन्छु । हुनत मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन् । तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिं के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्य लिएको हुँ,’ भण्डारीले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १५:४६

५ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्ने बताएकी छिन् ।

बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रूपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।

‘म नेकपा एमालेको सदस्य हो । मैले सिद्धान्तधारण गरेको छु । मैले त्यही अनुसार काम गर्ने हो । मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ । पार्टीमा विकृति, विसंगति फैलाएको छ भने त्यसको विरोधमा म लडिरहनेछु’, भण्डारीले भनिन् ।

तर, पार्टी केन्द्रीय कार्यालय च्यासलको नाम लिंदै उनले आफ्नो सदस्यतामाथि नै प्रश्न उठेको बताइन् ।

‘म निरन्तर काम गरिरहन्छु । हुनत मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन् । तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिं के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्यता लिएको हुँ’ भण्डारीले भनिन्, ‘२०३७ सालमै लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको हो । पार्टीले निर्णय गरेर तपाईं जानैपर्छ भनेपछि मैले शपथ खाएको हुँ । मैले राष्ट्रका लागि मर्यादित भएर गर्नुपर्ने काम गरेको छु ।’

उनले आफू आलोचनाभन्दा बाहिर नरहेको बताउँदै तथ्यको आधारमा आलोचना गर्न आग्रह गरिन् ।

‘म आलोचनाभन्दा बाहिर छैन । आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यको आधारमा हुनुपर्छ । म नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु, र गरिरहन्छु’ भण्डारीले भनिन्, ‘नेकपा एमालेले जुन मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ त्यसको मर्म र भावनाको आधारमा काम गर्ने हो । त्यसको मर्म र भावना अनुरुप काम भयो कि भएन भन्ने समीक्षा गर्ने बेला भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?