+
+
Shares

एनआईटी-आईजीएनओयूले अध्ययनमा ‘ग्याप’ भएका विद्यार्थीलाई भर्ना खुलायो, उपाधिलाई त्रिविको समकक्षता

संस्थाका अनुसार अब लामो समय अध्ययनमा ‘ग्याप’ भएका विद्यार्थीहरूले समेत स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १५:५५

५ भदौ, काठमाडौं । नेपाल इन्फर्मेसन टेक्नोलोजी (एनआईटी) ले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (आईजीएनओयू) सँगको सहकार्यमा सञ्चालित दुर शिक्षाका कार्यक्रमहरूमा नयाँ शैक्षिक नीतिहरू लागु गरेको छ।

संस्थाका अनुसार अब लामो समय अध्ययनमा ‘ग्याप’ भएका विद्यार्थीहरूले समेत स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् ।

एनआईटीले दिएको जानकारी अनुसार विश्वविद्यालयको मूल्यांकन प्रणाली पनि स्पष्ट पारिएको छ, जसअनुसार कुल अंकभारको ३० प्रतिशत आन्तरिक मूल्यांकन र ७० प्रतिशत अन्तिम परीक्षाबाट निर्धारण हुनेछ । यो व्यवस्थाले मूल्यांकन प्रक्रिया थप पारदर्शी बनाएको संस्थाको दाबी छ।

शैक्षिक उपाधिको मान्यताका विषयमा एनआईटीले आफ्ना सबै कार्यक्रमहरू युनेस्को र कमनवेल्थ अफ लर्निङबाट मान्यता प्राप्त रहेको जनाएको छ ।

साथै, नेपालमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेकाले यहाँबाट प्राप्त हुने डिग्री सरकारी तथा निजी क्षेत्रको रोजगारीका लागि पूर्णरूपमा मान्य हुने बताइएको छ ।

सन् २००८ देखि नेपालमा एमबीए, बीसीए, बीए र बीकम जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको एनआईटीले विद्यार्थीका लागि डिजिटल लर्निङ प्लेटफर्म, किस्ताबन्दीमा शुल्क तिर्ने सुविधा र छुटेका परीक्षाहरू अर्को सत्रमा दिन सकिने जस्ता व्यवस्था पनि लागु गरेको छ ।

हाल काठमाडौंमा मात्र परीक्षा केन्द्र रहेकोमा निकट भविष्यमा अन्य सहरमा समेत विस्तार गरिने योजना रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?