+
+
Shares

‘गाउँ आएको बाटो’ शुक्रबारदेखि बेलायतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' शुक्रबारदेखि बेलायतका २८ हलमा प्रदर्शनमा आउने भएको छ।
  • फिल्मको बेलायत वितरण अधिकार 'अन्डरग्राउन्ड स्लेट'ले दुई वर्षका लागि किनेको छ।
  • निर्देशक आमोद राईले बेलायत रिलिजको पूर्वसन्ध्यामा उत्साह व्यक्त गर्नुभएको छ।

काठमाडौं । नवीन सुब्बा निर्देशित कथानक फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबारदेखि बेलायतमा प्रदर्शनमा आउने भएको छ ।

त्यहाँको एसफर्ड सिनेमाको ६ हल, सिनेवर्ल्डका ९ र भ्यू सिनेमाका १३ हलबाट फिल्म रिलिज हुनेछ ।

ती हलहरू लण्डन, क्याटरिक, बेसिङस्टोक, म्यानचेस्टर ग्रेट नर्थ, ग्रीनवीच, अल्डरसट, एसफर्ड, फेल्थम, ग्लास्गो, साउथ रुइस्लिप, एडिनवर्ग लगायतका क्षेत्रमा छन् ।

फिल्मको बेलायत वितरण अधिकार ‘अन्डरग्राउन्ड स्लेट’ले किनेको छ । टोरन्टो र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ भैसकेको दयाहाङ राई स्टारर फिल्मलाई उक्त कम्पनीले भावनात्मक गहिराइ, काव्यात्मक दृश्यभाषा र सशक्त कथावाचनसहितको बताएको छ ।

‘परम्परागत वितरण मोडेललाई पुनःपरिभाषित गर्न र मुख्यधाराका सिनेमामा बेवास्ता गरिने विश्वव्यापी आवाजलाई समर्थन गर्न प्रतिबद्ध स्टार्टअपको रुपमा अ रोड टु अ भिलेज पहिलो हो’ कम्पनीले भनेको छ ।

कम्पनीले २ वर्षको लागि बेलायत राइट किनेको हो । बेलायत रिलिजको पूर्वसन्ध्यामा निर्देशक आमोद राईले उत्साह व्यक्त गरे ।

आगामी जनवरी अन्त्यमा यो फिल्म इटाली र ताइवानमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?