+
+
Shares

कागतीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार कागतीको मूल्य शुक्रबार घटेर प्रतिकिलो न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ६० रुपैयाँमा किनबेच भएको छ।
  • बिहीबार कागतीको मूल्य प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ७० रुपैयाँसम्म थियो।
  • जेठमा कागतीको मूल्य प्रतिकिलो २ सय ७० रुपैयाँसम्म पुगेको थियो भने साउन पहिलो साता १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।

६ भदौ, काठमाडौं । स्थानीय बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार कागतीको मूल्य घटेको देखाएको हो ।

बिहीबार कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै, आज शुक्रबार भने कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन पहिलो साता कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै असार अन्तिम साता कागती प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो भने जेठमा किलोको २ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?