+
+
Shares

नाडामा फोटोनको बम्पर अफर : गाडी किन्दा ३ वर्ष सर्भिसिङ नि:शुल्क

कम्पनीका अनुसार शोको पहिलो दुई दिनमै १० वटा गाडी बुकिङ भइसकेका छन् भने शो अवधिभर ५० वटा बिक्री गर्ने लक्ष्य राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोटोन गाडीको वितरक एमएडब्लू वृद्धिले नाडा अटो शो २०२५ मा जी७ पिकअपमा तीन वर्षसम्म नि:शुल्क सर्भिसिङ र २५ हजार रुपैयाँ बराबरको भाटभटेनी सपिङ भौचर दिने अफर सार्वजनिक गरेको छ।
  • फोटोन जी७ पिकअपको मूल्य ५१ लाख ९९ हजारदेखि ७४ लाख ९९ हजारसम्म रहेको छ र यसमा २००० सीसी डिजेल इन्जिन, सनरुफ र २२५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता छन्।
  • शोको पहिलो दुई दिनमै १० वटा गाडी बुकिङ भइसकेका छन् र कम्पनीले ५० वटा बिक्री गर्ने लक्ष्य राखेको छ भने विद्युतीय गाडी पोर्टफोलियो विस्तार गर्ने संकेत दिएको छ।

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो  २०२५’ मा फोटोन गाडीको वितरक एमएडब्लू वृद्धिले आफ्ना गाडीहरूमा आकर्षक अफर सार्वजनिक गरेको छ ।

विशेषगरी फोटोनको ‘जी७ पिकअप’ मा नाडा लक्षित गरी विभिन्न स्किम र छुटको व्यवस्था गरिएको छ ।

कम्पनीका प्रतिनिधि सुशान्त शर्माका अनुसार नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकले तीन वर्षसम्म गाडीको सर्भिसिङ नि:शुल्क पाउनेछन् । यस अवधिमा सर्भिसिङमा लाग्ने कुनै पनि शुल्क ग्राहकले तिर्नुपर्ने छैन ।

त्यस्तै गाडी बुकिङ गर्ने ग्राहकका लागि भाटभटेनी सुपरमार्केटको २५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि प्रदान गरिने छ । यस अतिरिक्त एक वर्षको ‘सुपर अटो इन्स्योरेन्स’ सुविधा पनि रहेको छ, जसले गाडीको हरेक पक्षलाई समेट्ने कम्पनीको भनाइ छ ।

शोरुमबाट खरिद गर्दा सामान्यतया २० देखि ३० हजारसम्मको छुट हुनेमा नाडामा भने ग्राहकले २ लाखभन्दा बढीको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यी हुन् फोटोनले नाडामा राखेका गाडी

नाडा अटो शोमा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन र आकर्षक अफर प्रस्तुत गरिरहँदा कमर्सियल गाडी सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति जनाएको फोटोनले आफ्नो प्रिमियम पिकअप जी७ लाई विशेष आकर्षण साथ प्रस्तुत गरेको छ ।

शक्तिशाली प्रदर्शन, आफ्नो सेग्मेन्टमै पहिलो पटक उपलब्ध सनरुफ जस्ता विशेषता र नाडा लक्षित विशेष अफरका कारण यो गाडी अवलोकनकर्ता तथा सम्भावित खरिदकर्ताको रोजाइमा परेको छ ।

शोमा फोटोनले जी७ का मोडेल बेस भेरियन्ट, फ्ल्यागसिप (अटो प्लस म्यानुअल) र लक्जरी प्रदर्शनमा राखेको छ । नेपाली बजारमा यसको मूल्य भेरिएन्ट अनुसार ५१ लाख ९९ हजारदेखि ७४ लाख ९९ हजारसम्म रहेको छ ।

कम्पनीका अनुसार जी–७ मोडलको पिकअप गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेकोे छ ।

यही मोडलको लक्जरी र फ्ल्यागसिप अटो प्रिमियम मोडेलको मूल्य क्रमश: ६५ लाख ४० हजार र ७४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

जसमा शोको मुख्य आकर्षण बनेको टप–एन्ड फ्ल्यागसिप मोडेलको मूल्य ७४ लाख ९९ हजार तोकिएको छ ।

यो गाडी आफ्नो शक्तिशाली प्रदर्शनका लागि परिचित छ । यसमा जडान गरिएको २००० सीसीको डिजेल इन्जिनले १६० हर्सपावर र ३९० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा यो अन–रोड र अफ–रोड दुवैमा अब्बल साबित हुन्छ ।

पिकअप सेग्मेन्टमै पहिलो पटक सनरुफको सुविधा दिएर फोटोनले नयाँ मानक स्थापित गरेको छ भने २२५ एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपालको जुनसुकै सडकमा पनि सहजै यात्रा गर्न सक्षम बनाउँछ ।

यसका भेन्टिलेटेड सिटहरू जसलाई १२ तरिकाले मिलाउन मिल्छ र पुस–स्टार्ट बटन तथा स्टेरिङ–माउन्टेड कन्ट्रोल जस्ता आधुनिक प्रविधिले यात्रालाई थप आरामदायी र सुविधाजनक बनाउने कम्पनीको दाबी छ ।

नाडामा फोटोन जी७ ले पाएको प्रतिक्रिया निकै उत्साहजनक रहेको कम्पनी प्रतिनिधि शर्माले बताए ।

कम्पनीका अनुसार शोको पहिलो दुई दिनमै १० वटा गाडी बुकिङ भइसकेका छन् भने शो अवधिभर ५० वटा बिक्री गर्ने लक्ष्य राखिएको छ ।

यसका साथै फोटोनले आफ्नो विद्युतीय गाडी (ईभी) पोर्टफोलियो विस्तार गर्ने संकेत पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?