+
+
Shares

सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते ९:२३

७ भदौ, चितवन । तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौन ७ बजेदेखि अवरुद्ध बनेको सो सडकखण्ड ८ बजेबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो ।

पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यमा हिँडेको प्रहरीले जनाएको छ । तुइनखोलामा यस वर्ष पहिरोका कारणले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?