+
+
Shares

युट्युबले अस्कर अवार्डको राइट किन्न अघि बढायो छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्कर अवार्डको प्रसारण अधिकार सन् २०२९ देखि नयाँ सम्झौताअन्तर्गत कसले लिने भन्ने विषयमा नेटफ्ल्क्सि, प्राइम भिडियो र युट्युबले रुचि देखाएका छन्।
  • अमेरिकी टेलिभिजन एबीसीले सन् २०२८ सम्म एकेडेमी अफ मोसन पिक्चर आट्र्स एण्ड साइन्सेजसँगको सम्झौताअनुसार अस्कर अवार्ड प्रसारण गर्दै आएको छ।
  • युट्युब टिभी प्याकेज कार्यक्रमअन्तर्गत युट्युबले अस्कर राइट खरिद गर्ने बारेमा छलफल अघि बढाइरहेको ब्लूमबर्गले जनाएको छ।

लस एन्जलस । अस्कर अवार्डको प्रसारण अधिकार कसले लिने भन्ने बारेमा नेटफ्ल्क्सि, प्राइम भिडियो लगायतका ओटीटी प्लाटफर्मले रुचि देखाएको कुरा नौलो रहेन ।

विश्व फिल्मको प्रतिष्ठित अवार्ड समारोहलाई अमेरिकी टेलिभिजन एबीसीले प्रसारण गर्दै आएको छ । अन्य कम्पनीले पनि यसको राइट खरिद गर्न चासो दिँदै आएका छन् ।

पछिल्ला वर्षमा नेटफ्ल्क्सि र अमेजन प्राइमले आफ्ना विषयवस्तुमा विविधता पस्किँदै आइरहेका छन् । यस्तोमा, गुगलको स्वामित्व रहेको युट्युबले पनि अस्करको अधिकार खरिद गर्ने बारेमा अहिले छलफल अघि बढाइरहेको छ ।

युट्युब टिभी प्याकेज कार्यक्रमअन्तर्गत युट्युबले अस्कर राइट किन्न खोजेको ब्लूमबर्गले जनाएको छ । यस हप्ताको सुरुमा, युट्युबमा ट्राभिस र जेसन केल्सेको न्यु हाइट्स पोडकास्टमा टेलर स्विफ्टको उपस्थितिको बारेमा चर्चा रह्यो । यसमा लाइभ दर्शकहरूको संख्या उच्च थियो ।

नेटवर्कको एकेडेमी अफ मोसन पिक्चर आट्र्स एण्ड साइन्सेजसँगको हालको सम्झौता अन्तर्गत, एकेडेमी अवार्ड सन् २०२८ सम्म एबीसीमा जारी रहनेछ । नयाँ सम्झौताले सन् २०२९ देखि सुरु हुने समारोहको अधिकारलाई समेट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?