
News Summary
Generated by OK AI. Editorially reviewed.- माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाडौंमा गरेको छ।
- कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए, जसमा ५.६८ प्रतिशतले मात्र सेयर पाएका छन्।
- कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म हुने अनुमान गरिएको छ।
८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ जनाको आवेदन विविध कारणले रद्द भएको थियो ।
स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये ५.६८ प्रतिशतले सेयर पाएका छन् । बाँकी ९४.३२ प्रतिशतको हात रित्तो भएको छ । १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् । यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।
आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ ।
बजारमा सूचीकृत भएपछि सो नेटवर्थलाई आधार मान्दा कम्पनीको पहिलो कारोबार १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म हुनेछ । पहिलो कारोबारपछि सोही दिन मूल्य बढीमा १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
प्रतिक्रिया 4