
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी परियोजनामाथि भइरहेको भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन्।
- पाण्डेले एमसीसी कार्यान्वयनले नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको बताए।
- उनले नेपालको विकासका लागि एमसीसी र बीआरआई दुवै सहयोग अपरिहार्य रहेको स्पष्ट पारे।
८ भदौ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरे ।
उनले छिमेकी मुलुकहरूको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि स्पष्ट पारे ।
‘हामीले हाम्रा विश्लेषणहरूमा आफ्ना रियलिस्टिक र आफ्नो देशलाई कसरी हित हुन्छ भन्ने कुरा हेर्नुपर्छ । अहिले हामी कसको पैसा लिने र कसको नलिने भन्ने विषयमा डिमार्केट गर्नसक्छौं ? हुँदैन । हामीलाई बीआरआई पनि चाहिन्छ, एमसीसी पनि चाहिन्छ । सबै पैसा चाहिन्छ नि । सबै किसिमको सहयोगले मात्रै नेपाल बन्न सक्छ । एउटा लिने र एउटा नलिने भन्यौं भने माग्नेलाई तातो भात पाइन्छ,’ उनले भने ।
नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने स्पष्ट पार्दै उनले नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उनले भने ।
‘म के कुरामा सहमत छैन भने एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दाखेरी अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ । म त यसको कुनै तात्विक अर्थ नै देख्दिनँ । अहिलेसम्म बसिसके र नेपाल कोलोनाइज भइसकेको हुनपर्ने । खोइ त कहाँ छ स्टेसन ?,’ पाण्डेले भने, ‘त्यो वनको बाघले भन्दा पनि मनको बाघले मन खाइरहेको म देख्छु । अमेरिकाले नेपाललाई घेरा हालिहरेको छ । हामी जोगाउन भनेर हिंडेका छौं । के हामीले जोगाएर चीन जोगिने हो ? चीन आफ्नै सामर्थ्यमा जोगिन सकेन भने हामीले जोगाएर चीन जोगिने हो र ? अमेरिकालाई के नेपालबाट मात्रै चीनमा जानसक्ने परिस्थिति छ र ?’
प्रतिक्रिया 4