+
+
Shares

नाउपाबाट गत निर्वाचनका उम्मेदवारले पार्टी त्यागे, जनमतबाट उठ्ने  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १६:३०

८ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा)बाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ ।

गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए ।

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउनेगरी चौधरीलाई जनमतमा अध्यक्ष राउतले आइतबार पार्टी प्रवेश गराएका हुन् । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार बनाउने गरी थारुलाई पार्टी प्रवेश गराइएको हो ।

संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएको उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । नाउपाभित्रको विवादले उक्त दल दर्ता हुन सकेन ।

जनमतले नाउपालाई सघाउन नसकिने यस अघि नै घोषणा गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?