
८ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताए । प्राध्यापकहरूको सुरक्षाको लागि पीएसओ खटाएको जानकारी पनि उनले दिए ।
‘त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ की त्यो द्वन्द्वमा पनि गृहमन्त्रालयले प्रवेश गर्नुपरेको छ । सरहरूको सुरक्षाको लागि मैले पीएसओ पठाउनुपरेको छ,’ गृहमन्त्री लेखकले भने ।
गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । त्रिभुवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।
‘यस्तो द्वन्द्व भएको छ, अहिलेसम्म त त्यो शान्तिपूर्ण नै छ । त्यो द्वन्द्व चाहीँ मैले पिएसओ फिर्ता गर्ने स्थिति बनोस् भन्ने मेरो आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘जसले द्वन्द्व गर्नुभएको छ, उहाँहरूलाई मेरो हार्दिक अपिल छ, त्यो पीएसओ अन्त काममा लगाउने गरेर मैले फिर्ता नगर्ने अवसर पाउँ ।’
उनले सरकार द्वन्द्व न्युनीकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको पनि बताए ।
प्रतिक्रिया 4