+
+
Shares

आकर्षक मूल्यमा दिपलको नयाँ एसयूभी ‘एस०५’, १०० बढी बुकिङ

आकर्षक डिजाइन, अत्याधुनिक फिचर र प्रतिस्पर्धी मूल्यसाथ प्रस्तुत गरिएको एस०५ शोको केही दिनमै १ सयभन्दा बढी युनिट बुकिङ भएपछि दिपल ब्रान्डप्रतिको ग्राहकको विश्वास र आकर्षण स्पष्ट देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:३१

८ भदौ, काठमाडौं । काठमाडौं भृकुटीमण्डपमा जारी अटोमोबाइल मेला ‘नाडा अटो शो २०२५’ मा विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले आफ्नो नवीनतम एसयूभी ‘एस०५’ सार्वजनिक गर्दै बजारमा नयाँ तरंग सिर्जना गरेको छ ।

आकर्षक डिजाइन, अत्याधुनिक फिचर र प्रतिस्पर्धी मूल्यसाथ प्रस्तुत गरिएको एस०५ शोको केही दिनमै १ सयभन्दा बढी युनिट बुकिङ भएपछि दिपल ब्रान्डप्रतिको ग्राहकको विश्वास र आकर्षण स्पष्ट देखिएको छ ।

एमएडब्ल२ वृद्धिद्वारा नेपाली बजारमा भित्र्याइएको दिपलले आफ्नो स्टलमा ‘फ्लाइङ कार’ को अनौठो प्रदर्शनीदेखि नयाँ गाडी सार्वजनिकसम्मका गतिविधिले अवलोकनकर्ताको बाक्लो भिड तानिरहेको छ ।

दिपलकी सेल्स अफिसर ऋतु भट्टराईका अनुसार नयाँ एस०५ लन्चले कम्पनीको उत्पादन लाइनअपलाई थप मजबुत बनाएको छ र ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले बजारमा यसको सफल भविष्यको संकेत गरेको छ ।

सबैको नजरमा नयाँ ‘दिपल एस०५’

यस वर्षको नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बनेको दिपल एस०५ एक फिचर लोडेड कम्प्याक्ट एसयूभी हो । ४८ लाख ९९ हजार रुपैयाँको आकर्षक मूल्यमा सार्वजनिक गरिएको यस गाडीको अधिकतम भेरिएन्टलाई ५८ लाख रुपैयाँसम्म पर्छ । एक पटकको फुल चार्जमा नेपाली सडकमा ४ सय ५ किलोमिटरको प्रभावशाली रेन्ज दिने यो गाडीमा ५६.१ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ ।

यसको विशेषता यतिमै सीमित छैन । गाडीमा पार्किङ एसिस्ट, मेमोरी सिट, हिटिङ र कुलिङ दुवै सुविधा भएको सिट र हेड–अप डिस्प्ले जस्ता प्रिमियम फिचरहरू छन्, जसले ड्राइभिङलाई आरामदायी र सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

नेपाली बाटोको अवस्था ध्यानमा राख्दै यसमा १८० एमएम को ग्राउन्ड क्लियरेन्स दिइएको छ । साथै, ४ सय ९२ लिटरको विशाल बुट स्पेस र १ सय ५९ लिटरको फ्रंक (अगाडिको डिक्की) स्पेसले यसलाई पारिवारिक यात्राका लागि निकै व्यावहारिक बनाएको कम्पनीको भनाइ छ ।

दिपलका अन्य आकर्षक मोडेल र नाडा विशेष अफर

एस०५ ले सर्वाधिक चर्चा बटुलिरहँदा दिपलले आफ्ना अन्य सफल मोडेलहरू पनि आकर्षक अफर सहित प्रदर्शनमा राखेको छ ।

दिपल एस०७

दिपलको यो प्रिमियम एसयूभी दुई भेरिएन्टमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ भने लामो रेन्ज दिने भेरिएन्टको मूल्य ८४ लाख ९९ हजाररुपैयाँ रहेको छ । नाडाका अवसरमा यसको खरिदमा कम्पनीले ५ वर्षको औनरसिप अफर र आकर्षक पे–ब्याक योजना ल्याएको छ ।

दिपल एल०७

सेडान गाडी रुचाउनेहरूका लागि दिपल एल०७ उत्कृष्ट विकल्प हो । यसको डिजाइन र पर्फर्मेन्सलाई निकै रुचाइएको छ । यसको बजार मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दिपल ई०७

आफ्नो बनावट परिवर्तन गर्न सक्ने (ट्रान्सफर्मेबल) सुविधा भएको यो भविष्यमुखी एसयूभीले सबैको ध्यान खिच्ने कम्पनीले जनाएको छ । यो विशेष गाडीको मूल्य १ करोड ४ लाख रुपैयाँ रहेको छ ।

लुमिन

सहरी क्षेत्रका लागि सानो, सुन्दर र किफायती गाडी खोज्नेहरूका लागि दिपलले ‘लुमिन’ प्रस्तुत गरेको छ । काठमाडौं जस्ता सहरका लागि अत्यन्त उपयुक्त यो गाडीको नाडा विशेष मूल्य केवल २३ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।’

किन बन्यो दिपल रोजाइको ब्रान्ड ?

सेल्स अफिसर भट्टराईका अनुसार दिपलको लोकप्रियता पछाडि यसको १ सय ६३ वर्ष पुरानो ऐतिहासिक ब्रान्ड ‘चांगन’ को विरासत र विश्वास जोडिएको छ । यसका साथै दिपलका गाडीहरूको आकर्षक र भविष्यमुखी डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र अत्याधुनिक फिचरहरूले यसलाई बजारमा फरक पहिचान दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?