+
+
Shares

राज्य व्यवस्थाको सभापतिबारे कांग्रेसको निर्णय कुर्दै सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ८:२०

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारबारे आज निर्णय गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवासँग पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसका एक पदाधिकारीले बताए ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।

पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचनको गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।

‘कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सभामुख घिमिरेसँग आइतबार दुईपटक भएको छलफलमा सोमबार सभापतिको उम्मेदवार टुंगो लगाउने भन्नुभएकाले सभामुखज्यू कांग्रेसको निर्णयको प्रतीक्षामा हुनुहुन्छ,’ सभामुखको सचिवालयले स्रोतले भन्यो ।

यो समितिको सभापति पदमा अन्य दलको दाबी नरहेकाले सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग दुई पटक छलफल गरेका थिए । तर घिमिरेले पार्टीमा छलफल गरेर मात्र सभापतिको उम्मेदवार दिन सक्ने भनेपछि आइतबार निर्वाचनको सूचना जारी भएको थिएन ।

छलफलको क्रममा सभामुख घिमिरेले विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको गलत नजिर नदोहोर्याउन ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?