+
+
Shares

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका चार आकांक्षी

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले ११ भदौमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन गर्ने समय तोकेका छन्।
  • राज्य व्यवस्था समितिमा कांग्रेसका ९ र नेकपा एमालेका ६ सांसद छन्, जसले मिलेर १५ सदस्यको बहुमत बनाउँछन्।
  • कांग्रेसले सभापति पदका लागि दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीलाई आन्तरिक छलफलमा राखेको छ।

९ भदौ, काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् ।

यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् ।

नेकपा एमालेले कांग्रेसलाई सभापतिमा सघाउने बताउँदै आएको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना छन् ।

नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्र नाथ शुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई सदस्य छन् । यो ३ थपिंदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

राज्य व्यवस्था समितिमा रहेका कांग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ । यसमध्ये दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास जारी छ । यसका अलावा अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम चर्चामा छ ।

राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भनेर कांग्रेस आन्तरिक छलफलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?