
News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीमा २० रुपैयाँको विवादमा तीन नाबालकले नेपाली मोमो व्यवसायी तुलबहादुरलाई छुरा प्रहार गरेका छन्।
- घाइते तुलबहादुरलाई तत्काल अस्पताल पुर्याइएपछि ट्रमा सेन्टरमा पठाइएको छ र उनको अवस्था स्थिर रहेको छ।
- गाजीपुर प्रहरीले ती तीन नाबालकलाई नियन्त्रणमा लिएको छ र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
९ भदौ, काठमाडौं । भारतको दिल्लीमा २० रुपैयाँको विवादमा एक नेपाली मोमो व्यवसायी युवकमाथि तीन नाबालकले छुरा प्रहार गरेका छन्।
घाइते हुनेमा खोडा कलोनीमा बस्ने, मूलतः नेपालका २८ वर्षीय तुलबहादुर रहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।
पूर्वी दिल्लीको गाजीपुरस्थित राजवीर कलोनीमा मोमो खाएर पैसा नतिरेका तीन नाबालकसँग विवाद हुँदा उनीमाथि छातीमा प्रहार गरिएको हो।
घाइते तुलबहादुरलाई तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्याइएयो थियो, तर गम्भीर देखिएपछि ट्रमा सेन्टर पठाइएको छ। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।
घटनापछि गाजीपुर प्रहरीको टोलीले ती तीन नाबालकलाई नियन्त्रणमा लिएको छ र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
-एनडीटिभीबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4