+
+
Shares

ललितपुरबाट झन्डै १ करोड रकमसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:१०

९ भदौ, काठमाडौं । ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।

पक्राउ पर्नेमा गौरव स्याङ्तान नाम गरेका व्यक्ति छन् । उनको अन्य परिचय खुलिसकेको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन जुवाको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?