
१० भदौ, काठमाडौं । नेपाली नारीहरुमा तीज पर्वको रौनक छ । उनीहरु व्रत बस्ने, शिवालयहरुमा पुगेर पूजा गर्ने र नाचगान गर्ने काममा व्यस्त छन् ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्ने र परिसरमा नाचगान गर्नेहरुको घुइँचो लागेको छ ।
परिवार र साथीसंगीहरुसँगको भेटघाटको अवसर जुराइदिने पर्वको यो विशेष क्षणलाई स्मरणीय बनाउन कसलाई मन पर्दैन र ! त्यसैले उनीहरु एकल र सामूहिक फोटो खिच्दै/खिचाउँदै रमाइलो गरिरहेका छन् ।
पशुपतिनाथ मन्दिर परिसरमा तीजका व्रतालुहरुले सेल्फी खिचे, नाचगान गरे र अनि एकअर्कालाई शुभकामना साटासाट गरेका छन् ।
हेर्नुहोस् सेल्फीमा रमाइरहेकाहरु–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4