
News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित बरउडमा नेपाली हिन्दु समाजले तीज महोत्सव सुरु गरेको छ।
- अभिनेत्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको शुभारम्भ गरिन् र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ।
- कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिनेछन्।
अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित बरउडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ ।
नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको शुभारम्भ गरिन् ।
महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने भएका छन् । अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको छ ।
नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ । आयोजकका अनुसार, महोत्सवले नेपाली संस्कृति संरक्षण र प्रवर्धनसँगै समुदायबीच आपसी भेटघाट र सम्पर्क विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4