+
+
Shares

उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १४:३१

१० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग जायज सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

उखु किसानहरुको आन्दोलनमा माओवादी केन्द्रको ऐक्बद्धता जनाउन माइतीघर मण्डला पुगेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उखु किसानहरुको माग जायज छ, त्यो नयाँ माग पनि छैन । पहिले दिइरहेको अनुदान पूर्ववत रुपमा कायम गरियोस् र त्यो भुक्तानी तुरुन्त दिइयोस् भन्ने माग पूरा गर्नुपर्छ ।’

सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँमा आधा घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसानहरु काठमाडौं आएर विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरु उखुका लाक्रासहित माइतीघर मण्डलामा धर्नामा बस्दै आएका छन् । आज माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ माइतीघर पुगेर उनीहरुका मागमा ऐक्यबद्धता जनाए ।

उनले सिंहदरबार अगाडि आएर अनुदान माग्नुपर्ने स्थिति अन्त्य गर्नुपर्ने धारणा राखे । सिंहदरबारको अगाडि आएर हाम्रो अनुदान काटियो, अनुदान पहिलेजस्तै होस् र भुक्तानी चाहियो भन्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ ।’ उनले उखु किसानहरुका माग सरकारले पूरा किन नगर्ने भनेर पनि प्रश्न गरे ।

उनले आवश्यक परेमा उखु किसानहरुले गर्ने संघर्षका कार्यक्रमहरुमा अझ सक्रियतापूर्वक सहभागी हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?