+
+
Shares

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध

निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १६:१८

१० भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।

निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सर्वसम्मत भएकी हुन् ।

राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।

न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिइन् । उनले आजै सभामुख समक्ष राजीनामा दिएकी हुन् ।

सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिइन् । जहाँ अन्य कुनै पनि उम्मेदवारी परेको छैन । यो सँगै उनी राज्य व्यवस्था समितिको सभापतिमा सर्वसम्मत भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?