+
+
Shares

उखु किसानको माग जायज छ, सधैं हातेमालो गर्छौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १६:२५

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्  ।

मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले उखु किसानहरूको आन्दोलन निजी स्वार्थका लागि नभएको र देशको अर्थतन्त्रका लागि पनि आवश्यक रहेको जिकिर गरे ।

‘तपाईंहरूको यो आन्दोलन निजी स्वार्थका लागि होइन । देशको अर्थतन्त्रको निम्ति पनि जरुरी छ,’ अध्यक्ष नेपालले भने, ‘उखुको उत्पादन भएन भने के हुन्छ देशको हालत ? नदी किनार, बालुवा भएको ठाउँमा उखु उत्पादन भएन भने के हुन्छ ?’

अध्यक्ष नेपालले उखु किसानहरूको माग जायज रहेको भन्दै संसद् र सडक दुवैतिर आफ्नो पार्टीको साथ सहयोग रहने बताए ।

‘तपाईंहरूको माग जायज छ । तपाईंहरूको मागका लागि संसद्मा पनि र जनताको अघि पनि सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं,’ नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?