
१० भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेलैमा उखु किसानहरूको मूल्य तोकिनुपर्ने बताएका छन् ।
मंगलबार उखु किसानहरूको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला पुगेका उनले यस्तो बताएका हुन् ।
‘पहिले त उखु किसानलाई बेलैमा मूल्य तोक्नुपर्छ । किसानसहित भएर मूल्य तोक्नुपर्यो । तर, हाम्रोमा सकेसम्म मूल्य नै नतोक्ने तोकियो भने पनि एक पक्ष मिलेर तोक्ने,’ भट्टराईले भने, ‘अझ भन्दा सरकार र बिचौलिया मिलेर तोक्ने र उनीहरूले नै विभिन्न बाहनामा वर्षदिनसम्म अड्काएर राख्ने ।’
उनले देशको उद्योगलाई ध्वस्त पारेर बाहिरबाट कालोबजारीमा चिनी ल्याएर बेच्नका लागि कमिसन खाएर महँगोमा बेच्ने गरेको बताए ।
‘राजनीतिक दलका नेताहरू, सरकारहरूले के गरे भने, आफ्नो देशको उद्योगधन्दालाई ध्वस्त पारेर बाहिरबाट चोरिबजारी गरेर ल्याउने र यहाँ कमिसन खाएर महँगोमा जनतालाई बेच्ने गरेका छन्,’ उनले भने, ‘हाम्रा किसानले उत्पादन गरेको उखु भएन भन्ने, अनि फ्याक्ट्रीहरू पनि बन्द गर्ने काम भइरहेको छ । राज्यबाट उल्टै उनीहरूले जनता र राज्य दुवैलाई ठग्ने काम भइरहेको छ ।’
प्रतिक्रिया 4