
११ भदौ, काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।
हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी पुरीले बताए । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरु मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ ।
मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।
उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4