+
+
Shares

हुम्लामा ब्रेक फेल भएर घरभित्रै छिर्‍यो जीप

दुर्घटनामा परेको जीप रावतको घरमा छिर्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तिलक ऐडी घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १५:१५

११ भदौ, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा जीप दुर्घटना भएको छ । जीप बुधबार दिउँसो १ बजे जिल्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा दुर्घटना भएको हो ।

लु.प्र–०१–००१ज०२८२ नम्बरको जीप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्रै छिरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा परेको जीप रावतको घरमा छिर्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तिलक ऐडी घाइते भएका छन् ।

घरमा ठोक्किंदा चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा जीपमा गाडी चालक ऐडी मात्रै थिए । जीप दुर्घटनामा पर्दा रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?