
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सेयर बजारमा कुल ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा ८३ प्रतिशत बढी हो।
- टप १० ब्रोकरले कुल कारोबारको ३७ प्रतिशत हिस्सा ओगटेका छन् र यी ब्रोकरमार्फत २ अर्ब ९५ करोडको खरिद र २ अर्ब ८५ करोडको बिक्री भएको छ।
- नेप्से सूचकांक बुधबार ५३ अंकले बढेर २८१९ अंकमा पुगेको छ र हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा लगायत कम्पनीहरूमा धेरै कारोबार भएको छ।
११ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिनको तुलनामा यो कारोबार रकम ८३ प्रतिशत बढी हो ।
आजको कारोबारमा टप १० ब्रोकरको हिस्सा ३७ प्रतिशत हो । बुधबार १० ठूला ब्रोकरमार्फत खरिद बढी भएको छ । यी ब्रोकरमार्फत कुल २ अर्ब ९५ करोडको खरिद गर्दा २ अर्ब ८५ करोडको बिक्री भएको छ । यो कारोबार रकम यी ब्रोकरमा आवद्ध भएका लगानीकर्ताले गरेको कारोबार हो ।
६ मार्फत खरिद बढी हुँदा ४ मार्फत बिक्री बढी भएको छ । नासा, इम्पेरियल, सनी, त्रिशक्ति, कोहिनुर र दिपशिखामार्फत खरिद बढी भएको छ भने भिजन, अनलाइन, डायनामिक र आर्यतारामार्फत बिक्री बढी भएको छ ।
ठूला १० ब्रोकरबाट धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, बुटवल पावर, शिवम् सिमेन्ट, लुम्बिनी विकास बैंक लगायत छन् । यस दिन नेप्से ५३ अंक बढेको हो । सो वृद्धिपछि २८१९ अंकमा कायम भएको छ ।
प्रतिक्रिया 4