+
+
Shares

धादिङको थाक्रेमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका सातकिलोमा पहिरो खसेर काठमाडौं–मुग्लिङ सडक दुईतर्फी अवरुद्ध भएको छ।
  • आज बिहान साढे तीन बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिनुभयो।
  • राति पहिरो खसेपछि केही घण्टा सवारी चल्दा पनि बिहान पुनः पहिरो खसेर सडक अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको छ।

१२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।

पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?