+
+
Shares

‘कोशेढुंगा’ आजदेखि नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोसल-ड्रामा फिल्म 'कोशेढुंगा' भाद्र शुक्ल पञ्चमीबाट देशभर १०३ शोसहित प्रदर्शनमा आएको छ।
  • निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्मले ग्रामीण महिलाको दुःख र पहिचानको संघर्षलाई चित्रण गरेको छ।
  • सेभेन सिज इन्टरन्यासनलले यो फिल्मलाई नेपालसहित अस्ट्रेलिया, मध्यपूर्व र अमेरिकामा पनि प्रदर्शनमा ल्याएको छ।

काठमाडौं । सोसल-ड्रामा फिल्म ‘कोशेढुंगा’ विहिबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । देशभर १०३ शोसहित फिल्म रिलिज भएको हो ।

सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन र निर्माताको वितरण रहेको यो फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा यो फिल्मलाई प्रदर्शनमा ल्याइएको निर्माताले जनाएका छन् । यो दिनमा व्रतालु महिलाले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्छन् ।

‘कोशेढुंगा’को कथावस्तु पनि महिलाप्रधान रहेको जनाइएको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको महिलाले भोग्ने दुःख र पहिचानको संघर्षको कथा यसमा समेटिएको छ ।

फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा, आर्यन सिग्देलको अभिनय रहेको जनाइएको छ । यो फिल्मको रनटाइम १४४ मिनेट छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

यो फिल्मलाई विहिबारदेखि नै सेभेन सिज इन्टरन्यासनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गर्दैछ । जसअनुसार, अस्ट्रेलियामा पनि शुक्रबारदेखि नै फिल्म प्रदर्शनमा आएको छ ।

मध्यपूर्व र अमेरिकामा पनि यो फिल्म आजदेखि नै प्रदर्शनमा आउने सेभेन सिज इन्टरन्यासनलका वितरक रमेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?