
बालनरसिंह राणा (वायाँ) र नरेन्द्र चन्द ।
१२ भदौ, काठमाडौं । कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाको जिम्मेवारी खोसिएको छ । राणाको जिम्मेवारी खोस्दै प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
कैलालीको नयाँ एसपीको रुपमा नरेन्द्र चन्दलाई पठाइएको प्रहरी हेडक्वाटर स्रोतले बतायो । चन्द केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।
यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालको पनि जिम्मेवारी खोसिएको थियो ।
२३ साउनमा कैलाली कारागारमा झडप हुँदा एक जनाको ज्यान गएको थियो भने ४९ जना घाइते भएका थिए । यो घटनाको छानबिनका लागि समिति बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4