
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।
बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्मा सम्बोधन गर्ने जानकारी गराए ।
‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ,’ पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4