
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका ६३ वर्षीय खेमबहादुर सुनारलाई गैँडाले आक्रमण गरी मृत्यु भएको छ।
- भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घटना भएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
१२ भदौ, नवलपुर । गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4