+
+
Shares

निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ११:५९

१६ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेका छन् । उनीहरुको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?