+
+
Shares

निःशुल्क शिक्षा मागेर १७ वटा विद्यार्थी संगठनले घोषणा गरे आन्दोलन

‘संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते २०:१३

१६ भदौ, काठमाडौं । कांग्रेस, एमाले, माओवादी लगायतका १७ वटा विद्यार्थी संगठनले अनिवार्य तथा निःशुल्क शिक्षाको माग राखेर आन्दोलन घोषणा गरेका छन्।

‘संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।

निजीकरण र व्यापारिकरणलाई पूर्णरुपमा निर्मुल गर्न सेवामुखी बनाउने संगठनहरूको माग छ। शिक्षामा कूल बजेटको न्यूनतम २० प्रतिशत निनियोजन गर्न पनि माग गरेका छन् ।

शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिनेका छोराछोरीलाई सामुदायिकमा पढाउनु पर्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा समेट्न माग गरेका छन्।

ईसीडीमा पढाउनेलाई शिक्षकको रुपमा कायम गर्नुपर्नेमा संगठनहरूको जोड छ । यि माग राखेर उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रम अन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । सडकमा प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम संगठनहरूले सार्वजनिक गरेका छन्।

हेर्नुहोस् १७ विद्यार्थीहरूको संयुक्त विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?