
News Summary
Generated by OK AI. Editorially reviewed.- मेरिल्याण्डको ग्रीनबेल्ट सिनेमा र नेपाल-अमेरिका फिल्म सोसाइटीले सेप्टेम्बरमा चार नेपाली चलचित्र प्रदर्शन गर्ने संयुक्त आयोजना गरेको छ।
- सेप्टेम्बर ७ मा 'तेल भिसा', १४ मा 'गाउँ आएको बाटो', १७ मा 'बिट्विन द माउन्टेन एन्ड द स्काई', र २० मा 'पूजा सर' प्रदर्शन हुनेछन्।
- फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले 'प्रदर्शनीले नेपाली फिल्मको अन्तर्राष्ट्रिय दर्शक बढ्ने र पहिचानमा भूमिका खेल्छ' भनेका छन्।
मेरिल्याण्ड (अमेरिका) । यहाँको ग्रीनबेल्ट सिनेमा र नेपाल-अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र श्रृंखला’ आयोजना हुने भएको छ ।
श्रृंखलामा ४ नेपाली फिल्म प्रदर्शन हुनेछन् । श्रृंखलामा पहिलो प्रदर्शनअन्तर्गत फिल्म ‘तेल भिसा’ सेप्टेम्बर ७ तारिख आइतबार दिउँसो १ बजे प्रदर्शन हुनेछ ।
सेप्टेम्बर १४ आइतबार साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, सेप्टेम्बर १७ बुधबार साँझ ७ बजे जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’, र सेप्टेम्बर २० शनिबार दिउँसो १ बजे दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर’ प्रदर्शन हुने कार्यक्रम छ ।
नेपाल-अमेरिका फिल्म सोसाइटीले अन्य अमेरिकी फिल्म थिएटरसँग सहकार्य गर्दै मासिक चलचित्र श्रृंखला आयोजना गर्न लागेको हो ।
‘प्रदर्शनीले नेपाली फिल्मको अन्तर्राष्ट्रिय दर्शक बढ्ने र पहिचानमा पनि भूमिका खेल्छ’ फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले भने ।
‘यो पटकको फिल्म सिरिज केही फरक र विशेष छ । नेपाली सिनेमा यहाँको समुदायसँग बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो । आशा छ, यसले सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय फिल्मप्रतिको रुचिलाई थप विस्तार गर्न मद्दत पुर्याउनेछ’ ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भनिन् ।
प्रतिक्रिया 4