+
+
Shares

हुम्लामा घरपालुवा चाैंरीसँगै भेटिन थाले वनचाैंरी

नरजन तामाङ नरजन तामाङ
२०८२ भदौ १७ गते १५:४०

१७ भदाै, हुम्ला । विश्वकै लाेपाेन्मुख मानिएकाे जंगली वनचाैंरी हुम्लामा घरेलु चाैंरीसँग भेटिन थालेका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित लिमी उपत्यकामा भेटिने वनचाैंरी घरपालुवा चाैंरीसँगै चरिरहेको भेटिएका हुन् ।

हुम्लाको लिमी क्षेत्रमा भेटिने गरेका वनचाैंरी पछिल्लो केही समययता संख्या पनि बढी देखिन थालेकाे नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए ।

सुरुका वर्ष फाट्टफुट्ट देखिए पनि हाल संख्या बढेकाे वडाध्यक्ष तामाङले बताए । उनका अनुसार सुरुका वर्ष ५ वटा देखिए पनि पछिल्लो समय ७ वटा संख्या पुगेकाे बताए ।

विशेषगरी वनचाैंरी पुल्कु छाला लाग्ना, साक्याखाेला, गेउखाेला,मरकुखाेला वासस्थान रहेकाे वडाध्यक्ष तामाङले  बताए ।

घरपालुवा चाैंरीसँग पुल्कु छालामा भेटिएको बताए । यसलाई चाेरीसिकारीबाट जाेगाउन गाह्राे भएकाे र यसलाई संरक्षणमा जाेड दिनुपर्ने बताए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?