
News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को टिजर सार्वजनिक गरिएको छ।
- फिल्मको छायांकन चितवनमा गरिएको हो र प्रदर्शन ६ कात्तिक, तिहारको भाइटीकामा तय गरिएको छ।
- निर्देशक सुरेन्द्र पौडेलको चौथो प्रोजेक्ट ‘वरिष्ठ बलराम’लाई काठमाडौं उपत्यकामा डीसीएनले वितरण गर्नेछ।
काठमाडौं । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को टिजर सार्वजनिक गरिएको छ
२ पोस्टर र टिजरमा दयाहाङ र विजय आमनेसामने भएको देखिन्छ । चर्चित दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो आगामी निर्देशकीय फिचर हो ।
छोटो टिजरमा तराईको सेटिङमा दुई पात्र जम्काभेट भएपछि हुने एकअर्काको प्रतिक्रियालाई दर्शाइएको छ । टिजरले फिल्मभित्र विजय र दयाहाङको नोकझोँकको कथावस्तु हुनसक्ने संकेत दिएको छ ।
फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।
पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हो । उनले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।
कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
‘वरिष्ठ बलराम’ ६ कात्तिकमा तिहारको भाइटीकामा प्रदर्शन तयारीमा छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
प्रतिक्रिया 4