+
+
Shares

नेपाल प्रहरीमा चार एआईजी खाली, ९ प्रतिस्पर्धी

प्रहरी एकेडेमीका कार्यरत एआईजी सुदीप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी टेकबहादुर तामाङ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीमा आज रातिदेखि चार अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली हुने भएको छ।
  • एआईजी सुदीप गिरी, टेकबहादुर तामाङ र दीपक थापा अनिवार्य अवकाशमा जाने भएसँगै दरबन्दी रिक्त हुने भएको हो।
  • चार एआईजीको दरबन्दीका लागि ९ डीआईजीबीच प्रतिस्पर्धा हुने र सुशील सिंह राठौर पहिलो नम्बरमा रहेका छन्।

१८ भदौ, काठमाडौं। नेपाल प्रहरीमा आज रातिदेखि चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली हुने भएको छ ।

प्रहरी एकेडेमीका कार्यरत एआईजी सुदीप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी टेकबहादुर तामाङ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। यसअघि एआईजीको ५६ वर्षे उमेर हदका कारण प्रशासन विभागमा कार्यरत कृष्णहरि शर्मा १५ भदौमै अवकाशमा गएका थिए ।

उनीहरुसँगै प्रहरी महानिरीक्षक दीपक थापा पनि आजै रातिदेखि अनिवार्य अवकाशमा जाने भएसँगै चार एआईजीको दरबन्दी रिक्त हुने भएको हो । आईजीपी थापाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी चन्द्रकुवेर खापुङलाई बढुवा गरिसकिएको छ ।

अवकाशमा जाने अधिकृतहरुको बिदाई समेत भइसकेको छ । जसकारण सीआईबीसँगै, काठमाडौं उपत्यका प्रहरी कार्यालय, एकेडेमी र प्रशासन विभागमा एआईजीको दरबन्दी खाली हुने भएको हो ।

चार एआईजीको दरबन्दीका लागि ९ डीआईजीबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धाको पहिलो सूचीमा सुशील सिंह राठौर छन् । प्रशासन विभागमै डीआईजीमा कार्यरत उनी राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।

दोस्रो नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा प्रसाद चतुर्वेदी छन् । उनी पनि राठौर जस्तै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।

बढुवाको तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ छन् । उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।

चौथो नम्बरमा डम्बरबहादुर विक छन् । उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।

कोशी प्रदेशमा कार्यरत डीआईजी ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?