+
+
Shares

बेइजिङमा किमले छोएका वस्तु पुछ्ने चटारो, पुटिनले अरू देशमा छाड्दैनन् दिसापिसाब

कुनै आपराधिक स्थलमा प्रमाण नष्ट गर्न खोजिएको जस्तो देखिने दृश्यको चर्चा भइरहेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर कोरियाका नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको बेइजिङमा भेटवार्ता भएको छ।
  • किमसँगै आएका सहयोगीहरूले किमले छोएका हरेक वस्तु टिस्यूले पुछेर सफा गरेका छन्।
  • रुसका राष्ट्रपति पुटिनले पनि आफ्नो जैविक प्रमाण चोरी नहोस् भनेर दिसापिसाब संकलन गरी मस्को लगाउने प्रोटोकल अपनाएका छन्।

१८ भदौ, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको बेइजिङमा बुधबार भेटवार्ता भयो ।

पुटिनसँगको भेटवार्ता सकेर नेता किम उठेलगत्तै उत्तर कोरियाली कर्मचारीको व्यवहारले भने अहिले चर्चा पाइरहेको छ ।

किमसँगै बेइजिङ आएका उनका सहयोगीहरूले किमले छोएका हरेक वस्तु पुछेर सफा गरे । उनीहरू किमले छोएका सोफा, कुर्सीदेखि गिलासम्ममा टिस्यू पेपर रगडेर स्यानिटाइज गरिरहेको देखिन्थे ।

कुनै आपराधिक स्थलमा प्रमाण नष्ट गर्न खोजिएको जस्तो देखिने दृश्यको चर्चा भइरहेको हो ।

बेइजिङ भ्रमणमा किमले छोएका हरेक वस्तुमा उनका सहयोगीले निगरानी गरिरहेका देखिन्थे र किम उठे लगत्तै त्यसलाई मेट्न पुछपाछ गरिहाल्थे ।

सुरुमा टेलिग्राममा सार्वजनिक भएको उक्त भिडियो अहिले अन्य सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । भिडियोमा नेता किमका सहयोगीले कुसीको पछाडि पट्टिको भाग मज्जैले स्यानिटाइजयुक्त टिस्यूले पुछे ।

अर्का कोरियाली कर्मचारी भने किमले छोएको गिलासलाई ट्रे मा राखेर कुनै प्रयोगशालामा जसरी सफाइ गरिरहेका देखिन्थे ।

 

कुर्सीको ह्याण्डलदेखि साइड टेबलसम्म जहाँजहाँ किमको हात पर्‍यो, त्यहाँ उनका सहयोगीले ध्यानपूर्वक सफाइ गरे ।

रुसका पत्रकार अलेक्जेन्डर युनाशोवले आफ्नो युट्युब च्यानलमा राखेको भिडियोमा भनेका छन्, ‘डीपीआरके (उत्तर कोरिया) प्रमुखसँगै आएका कर्मचारीले किमको उपस्थितिको सम्पूर्ण निशान सावधानीसँग मेटाएका छन् ।’

कारण किमको सुरक्षा प्रोटोकल

खासमा उत्तर कोरियाली कर्मचारी आफ्ना नेता किम जोङ उनले छोएका वस्तुमा हुनसक्ने फिंगर पिन्ट (फूट पिन्ट) नष्ट गरेर नियमित प्रोटोकोल पूरा गरिरहेका थिए ।

विदेश भ्रमणका क्रममा किमले छोएका वस्तुमा उनको हातको फिंगर पिन्ट रहन सक्ने र त्यो सुरक्षाका दृष्टिकोणले घातक हुनसक्ने ठानेर उनका सहयोगीले किम बसेको सोफादेखि उनले छोएका हरेक वस्तु मज्जैले पुछे ।

रुसी पत्रकार युनाशोवका अनुसार उत्तर कोरियाली अधिकारीहरूले किमले मदिरा पिएको गिलास समेत सँगै लगेका छन् । पुटिनसँग किमको भेट सकारात्मकमा रूपमा सम्पन्न भएको बताउँदै दुवै नेता सन्तुष्ट भएको पत्रकार युनाशोवले बताए ।

खासमा रुसको शक्तिशाली डिभेन्स सर्भिसबाट खतरा मान्दै उत्तर कोरियाली नेता किमका सहयोगीले यसो गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

पुटिनले साथै लैजान्छन् दिसापिसाब

तर, किम नै पहिलो नेता होइनन् जो जैविक प्रमाण (बायोलोजिक फुटप्रिन्ट) लाई लिएर यतिबिघ्न सजगता अपनाउँछन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो डीएनए चोरी नहोस् भनेर विदेश भ्रमणक्रमका दििसापिसाब संकलन गरेर फर्किँदा रुस लिएर जान्छन् ।

पुटिनको विदेश यात्राका क्रममा अंगरक्षकले उनको पिसाब र दिसा सिलबन्दी गरी प्याकेटमा जम्मा गर्छन् । फर्किँदा विशेष सुटकेसमा हालेर मस्को लगिन्छ । पुटिनको जैविक प्रमाण बाहिरिन नदिन सन् २०१७ देखि रुसी राष्ट्रपतिका सहयोगीले यो प्रोटोकल अपनाएका हुन् ।

दुश्मनहरूले रुसी राष्ट्रपतिको स्वास्थ्य समस्या देखि  डिएनएबाट पत्ता लगाउन सक्ने अन्य तथ्य गुप्त राख्न यसो गरिएको हुनसक्ने बताइन्छ ।

पछिल्लो महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि पनि पुटिनले दिसापिसाब प्याक गरेर सँगै मस्को लगेको चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?