
१९ भदौ, काठमाडौं । न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ ।
न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।
सो निर्णय अनुसार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ । उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहे पनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए ।
यसैगरी श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ । यसअघि उनी सर्वोच्च अदालतमा काजमा कार्यरत थिए । उनको दरबन्दी उच्च अदालत पाटनमा थियो ।
यसैगरी वेदप्रसाद उप्रेतीको पनि काज रहेकै ठाउँ विशेष अदालतको रजिष्ट्रार पदमा सरुवा भएको छ ।
हेर्नुहोस् सरुवा सूची –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4