+
+
Shares

जीएसआईबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद धवल शमशेर जबराले नेपाल हालसम्म असंलग्न परराष्ट्र नीतिमा रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १३:२८
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको चिनियादाबीबारे जवाफ माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद धवल शमशेर जबराले नेपाल हालसम्म असंलग्न परराष्ट्र नीतिमा रहेको बताए ।

‘यो  (जीएसआई) हामीले बोकेको असंलग्नताको नीति भन्दा फरक हो । यस्तो भएको छ भने घातक हुन्छ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर भन्नुपर्यो’ सांसद जबराले माग गरे ।

अन्य दलहरूले पनि यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?