+
+
Shares

सरकारलाई रास्वपाको प्रश्न– सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १४:०९
फाइल तस्वीर

१९ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई संसद्‍मार्फत विभिन्न प्रश्न गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले विभिन्न प्रश्न गरेका हुन् ।

सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?, किसानलाई मल र भुक्तानी कहिले दिने ?, मिटर ब्याज पीडितले न्याय कहिले पाउने ? र भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाइएको छ ? भनेर उनले  प्रश्न गरेका हुन् ।

सांसद चौधरीले विगत ३४ वर्षदेखि देशका नदी–नाला, कलकारखाना बेच्ने, युवालाई परदेशको भट्टीमा धकेल्ने, सहकारीमा अरबौँ को भ्रष्टाचार गर्ने असली ठगहरूले रास्वपालाई पाठ पढाउन खोजिरहेको भनेर समेत कटाक्ष गरेका छन् ।

तीन दशकको दलाल संस्कार, भ्रष्टाचार र लुटतन्त्रले देशलाई खोक्रो बनाएको उनले बताए ।

जनता अब मौन नरहने उल्लेख गर्दै उनले मक्किएको संरचना केही वर्षमै भत्काउन आन्दोलन सुरु भइसकेको बताए ।

उनले भनेका छन्, ‘हेक्का रहोस्, २०८४ सम्म सहन्छौँ, त्यसपछि हेर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?