+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।
  • अध्यक्ष सिफारिस समितिले भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेको थियो।
  • अघिल्लो अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद्ले भदौ २ गते पदमुक्त गरेको थियो।

२२ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् ।

अध्यक्ष सिफारिस समितिले भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेकोमा १४ जनाले आवेदन दिएका हुन् । समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो ।

यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।

अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?