+
+
Shares

चार दिनदेखि लगातार घट्यो सेयर बजार, खुम्चियो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजार ११.५२ अंकले घटेर नेप्से परिसूचक २७०८ मा कायम भएको छ।
  • नेप्से ४ कारोबार दिनयता लगातार ओरालोमा रहेको छ र ७९ कम्पनीको मूल्य बढ्दा १७३ कम्पनीको मूल्य घटेको छ।
  • हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ४.६२ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ । योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो ।  आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ ।

कारोबारका क्रममा १ : ०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन विन्दु आजको अधिकतम रह्यो । कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालोमा रह्यो । कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब १४ करोडको कारोबार भएकामा आज ४ अर्ब ४० करोडको भयो ।

७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ०.१०, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढे ।

बैंकिङ ०.६५, विकास बैंक ०.०८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६८, लगानी ०.५२, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१८, अन्य ०.३२, व्यापार ०.२४ प्रतिशत घटे ।

हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दोस्रो बजारमा हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ३९१.४० पुगेको छ । त्यस्तै युनिभर्सल पावरको ५.१२, समृद्धि फाइनान्सको ३.५१ प्रतिशत बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशत घट्यो । विकास हाइड्रोपावरको ३.९२, ओरियन्टल होटलको ३.७० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?