
News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका प्रधानमन्त्री शिगेरु इसिबाले राजनीतिक चुनौतीका कारण पदबाट राजीनामा दिएका छन्।
- सत्तारुढ गठबन्धनले जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा बहुमत गुमाएको थियो।
- इशिबाले अमेरिकासँगको व्यापार सम्झौतालाई १ अगस्टसम्म अन्तिम रूप दिनुपर्ने प्राथमिक जिम्मेवारी बताएका थिए।
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् ।
यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।
जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो ।
जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।
चुनावको समयमा इशिबाले आफू पदमा रहने बताएका थिए । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका थिए ।
त्यसबेला इशिबाले भनेका थिए, ‘जापानले १ अगस्टसम्म अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनु आफ्नो प्राथमिक जिम्मेवारी हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4